citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

चितवनको गीतानगरमा कृषि विकास बैकको नयाँ शाखा सञ्चालनमा

kumari bank
Prabhu Insurance Long Ad
global bank

चितवन । गाँउ घरमा सहज बैकिङ्ग सेवा दिने लक्ष्यका साथ भरतपुर महानगरपालिका वडा नं। ६ गीतानगर बजारमा कृषि विकास बैक लि।को नयाँ शाखा शनिबारदेखि उद्धघाटन गरिएको छ ।

आज एक कार्यक्रमका बीच बैकका सञ्चालक समिति सदस्य संजिव पौडेलले गीतानगर शाखाको नयाँ कार्यालय उद्धघाटन गर्नु भयो ।

‘साझा समृद्धिका लागि सबैको रोजाई बैक’ भन्ने दुरदृष्टिका साथ बैकको २ सय ७१ औँ र चितवन जिल्लाको १० औँ शाखाको रुपमा गीतानगर शाखा उद्धघाटन गरेको बैकका कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी गराउनुभयो ।

बैकबाट सुनदेखि नुन सम्म, हलोदेखि हाईड्रो सम्म लगानी भईरहेको र हाल वित्तिय बजारमा उपलब्ध सम्पुर्ण अत्याधुनिक बैंकिङ्ग सुविधाहरुको उपलब्धता यस बैकसँग रहेकोले सेवा लिनु हुन बैकका कार्यकारी अधिकृत गोविन्द गुरुङले आग्रह गर्नु भयो ।

यो क्षेत्र कृषिको लागी प्रचुर संम्भावना वोकेको क्षेत्र भएकोले सहुलियत पुर्ण कर्जाको उपयोग गरि व्यवासायीक कृषि तिर लाग्न सर्वसाधारणलाई बैक सञ्चालक समिति सदस्य संजिव पौडेलले जोड दिनु भयो ।

पौडेलले भरतपुर क्षेत्रका जनताको जिवनस्तर उकास्न र आय स्तर वृद्धि गर्न जस्तो सुकै परिस्थितिमा पनि कृषि विकास बैंकले तपाईहरुको साथमा रही तपाईहरुको घर आगनको बैंकको रुपमा सहकार्य गर्न तयार रहेको समेत बताउनुभयो ।

उद्धघाटन कार्यक्रममा बैकको गीतानगर शाखामा पहिलो खाता खोल्ने सन्तोष लामिछानेलाई चेक बुक क्यूआर कोर्ड, पहिलो कर्जाग्राही विष्णु माया गौतम र चाँदनी खरेल लगायतलाई बैकको तर्फ फुलमालासहित सम्मान गरियो ।

gold
himalayan life insurance long ad