stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

सौर्य ऊर्जा र जलविद्युत् विकासको लागि एनएमबी बैंक र डीएफसीडीबीच २० मिलियन डलरको सम्झौता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबी बैंक लिमिटेडले दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ। दिगो युटिलिटी–स्केल सौर्य र कृषि परियोजनाहरूको विकासको लागि प्राविधिक सहयोग तथा सल्लाह भित्र्याउने उद्देश्यले अमेरिकी डलर २० मिलियनको पहिलो सम्झौता डच फन्ड फर क्लाइमेट एण्ड डेभलपमेन्ट (डीएफसीडी) सँग गरेको छ ।

अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गर्ने निकाय हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्सले प्रारम्भिक जलविद्युत दिगोपन मूल्यांकन गर्न प्राविधिक सल्लाहकार उपलब्ध गराउनका लागि डच उद्यमशील विकास बैंक, एफएमओसँग दोस्रो सम्झौता गरेको छ ।

नेपाल विद्युत प्राधिकरणको नेपालभर ८०० मेगावाटसम्मको ग्रीड जडित सौर्य ऊर्जा विस्तार गर्ने नयाँ परियोजनामा एनएमबी बैंकले आफ्ना सौर्य उर्जा सगँ आवद्व ग्राहकहरुलाई आर्थिक तथा अन्तर्राष्ट्रिय प्राविधिक सल्लाहकार उपलब्ध गराउनेछ ।

साथै उक्त परियोजनाबाट उल्पादन भएको ऊर्जा कृषि तथा अन्य क्षेत्रमा दिगो रुपमा प्रयोग गर्नसहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

त्यसैगरी, बैंकले जलविद्युत परियोजनाहरूका लागि हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्सद्वारा आयोजित अन्तर्राष्ट्रिय मान्यता प्राप्त स्वतन्त्र दिगोपन मूल्यांकनहरु कार्यान्वयन गरी जिम्मेवार बैंक बन्ने अभिप्रायका साथ अघि बढेको जनाएको छ ।

बैंकले निकट भविष्यमा आफुले लगानी गरेका जलविद्युत परियोजनाहरूको लागि हाइड्रोपावर सस्टेनेबिलिटी स्ट्यान्डर्ड सर्टिफिकेशन प्राप्त गर्ने लक्ष्य राखेको छ।

एनएमबि बैंकको यी पहलहरुले नेपालको ऊर्जा क्षेत्रलाई वातावरणीय र सामाजिक रूपमा लचिलो बनाउन, अन्तर्राष्ट्रिय लगानीकर्ताहरू आकर्षित गर्दै व्यावसायिक अवसर सृजना गर्ने विश्वास बैंकले लिएको छ ।

prabhu mahalaxmi
kumari