गरिमा विकास बैंकको साढे ५ लाख कित्ता सेयर बिक्रीमा
काठमाडौं । गरिमा विकास बैंकले साढे ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनी समूह ‘क’ का केही सेयरधनीहरूले सेयर बिक्रीमा राखेका हुन् ।
बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५ लाख ३३ हजार २८७ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।
बैंकले बिक्रीमा राखेको ४ लाख २५ हजार १५६.६७ कित्ता सेयरमा सर्वसाधारणले समेत आवेदन दिन पाउनेछन् । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
साथै १ लाख ८ हजार १३० कित्ता सेयरमा भने बैंकका संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । यदि ३५ दिनभित्र उक्त सेयर बिक्री नभएमा सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।