sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा मोरङको कञ्चनबारीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले मोरङको कञ्चनबारीमा नयाँ शाखा विस्तार गरेको छ।

बैंकले मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नं ४ मा बिहीबारदेखि कञ्चनबारी शाखा संचालनमा ल्याएकोे हो।

यो शाखासहित बैंकको शाखा संख्या २७३ पुगेको छ। नयाँ शाखाबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको बैंकले जनाएको छ। बैंकका कोशी प्रदेश प्रमुख यशपालकुमार तिब्रेवालले नयाँ शाखाको उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा बैंकका प्रदेश प्रमुखले नयाँ शाखाबाट ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए। हाल बैंकको २७३ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखारहित बैंकिङ र २६६ वटा एटीएमबाट सेवा दिइरहेको छ।

prabhu bank
nawakantipur long