ज्योति विकास बैंकका ग्राहकलाई विभिन्न संस्थामा विशेष छुट
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौँस्थित संगम स्विट्स मा बैंकका ग्राहकहरूलाई १० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
सम्झौता पत्रमा हस्ताक्षरपश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले संगम स्विट्सको कमलपोखरी आउटलेटमा न्युनतम रु. २०० को खरिदमा १० प्रतिशत सम्मको आकर्षक छुटको लाभ लिन सक्नेछन् ।
त्यसैगरी, हालै बैंकले ललितपुरस्थित Medex Multispecialty Clinic & Diagnostic Center मा २० प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
यसका साथै, बैंकले काठमाडौंस्थित प्रख्यात त्चबलत्रगष्ष्तिथ क्उब का देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ग्राहकहरूलाई ३० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।
साथै, Luga Suga Traders मा समान खरिद गर्दा २२ प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।
ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।