stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल एसबिआई बैंकले वार्षिकोत्सव मनायो 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल एसबिआई बैंकले जुलाई ७ आइतबार आफ्नो ३१ औं बार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवका अवसरमा बैंकले सपथ ग्रहण समारोहको आयोजना गरेको थियो। जहाँ बैंकका सबै कर्मचारीले बैंकप्रतिको जिम्मेवारीका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले बैंकको उपलब्धिका बारेमा प्रकाश पारे। उनले बैंकको दिगो प्रगति कायम राख्न व्यक्तिगत जिम्मेवारी वहन गर्नुपर्नेमा पनि जोड दिए।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृत राजेशकुमार पंडाले बैंकको उपलब्धिमा योगदान पुर्याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिँदै यसरी नै योगदानको निरन्तरताका लागि आग्रह गरे।

प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कांतले सबै सरोकारवाला तथा सहभागीलाई धन्यवाद ज्ञापन गरे।यसका साथै बैंकले सोहीे अवसरमा सबै शाखा तथा कार्यालयबाट आफ्ना ग्राहक तथा कर्मचारीलाई मिठाई वितरण गरेको थियो।

नेपाल एसबिआई बैंकले हालै सञ्चालनमा आएका २ शाखा, पिडारी चोक (जनकपुर) र रामपुर बजार (पाल्पा) सहित १०० शाखा, २२ एक्सटेन्सन काउन्टर, १७ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२१ एटीएम तथा १ कर्पोरेट अफिसबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

prabhu mahalaxmi
kumari