citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

एनआईसी एशिया बैंकले चन्द्रागिरि नगरपालिकाका शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । चन्द्रागिरि नगरपालिकाभित्र जन्मिएका नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने भएको छ ।

त्यसका लागि चन्द्रागिरि नगरपालिका र एनआईसी एशिया बैंकबीच सम्झौता भएको छ । नगरपालिकाको उक्त कार्यक्रमको बैंकिङ साझेदारको रुपमा एनआईसी एशिया बैंक छनौट भइ मुद्दती खाता यस बैंकमा सञ्चालन हुनेगरी नगरपालिका र बैंकबीच सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनिया र चन्द्रागिरि नगरपालिकाको तर्फबाट नगर प्रमुख घनश्याम गिरीज्यूले हस्ताक्षर गरेका थिए ।

चन्द्रागिरि नगरपालिकाको निजी उद्यम प्रवर्द्धन, आर्थिक सहायता तथा कार्यक्रम अनुदान सञ्चालन कार्यविधि, २०७८ (संशोधन सहित २०८०) अनुसार नगरपालिका भित्र मिति २०८० श्रावण १ गते वा सो मिति भन्दा पछि जन्मिएका बालबालिकाहरू १८ वर्ष पुगेपछि परिपक्क हुनेगरी निजहरूलाई आर्थिक सामाजिक सुरक्षा कार्यविधि बमोजिम नगरपालिकाबाट यो सुविधा प्रदान गरिनेछ

नगरपालिकाको कार्यविधि अनुसार यस नगरमा स्थायी बसोबास गर्नेहरुका छोराछोरीहरू यो योजनाबाट लाभान्वित हुनेछन् ।

साथै यसका लागि जन्मदर्ता अनिवार्य गरिएको छ । चन्द्रागिरि नगरपालिकाले यस अवधिपछि नगरमा जन्मिएका नवजात शिशुहरूको ५–५ हजारका दरले प्रत्येक बालबालिकाको नाममा यस एनआईसी एशिया बैंकमा १८ वर्षे मुद्दती निक्षेप खाता खोलिदिनेछ । यस्ता खातामा अभिभावकले चाहेको खण्डमा थप रकम समेत राख्न सक्ने व्यवस्था गरिएको छ ।

यस योजनामा सामेल हुने ग्राहकहरुको निक्षेपमा बैंकले अधिकतम ब्याजदर प्रदान गर्नेछ । चन्द्रागिरि नगरपालिकामा जन्म लिने बालबालिकाहरू १८ वर्ष पार गर्दै गर्दा उच्च शिक्षा हासिल गर्न अथवा कुनै व्यवसाय सञ्चालन गर्न नगरपालिकाले प्रदान गरेको यस कोषले निकै सहयोगी भूमिका खेल्दै समग्र नगर क्षेत्रको आर्थिक सामाजिक सुरक्षाको प्रत्याभूतिको लागि कोषेढुंगाको भूमिका निर्वाह गर्ने नगरपालिका र बैंकको विश्वास रहेको छ ।

himalayan life insurance
igi long