सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले एक लाख ६१ हजार ५८०।७८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमै शेयर बिक्रीमा ल्याएको हो ।
जसमध्ये संस्थापक शेयरधनीको नाममा रहेको ५६ हजार ५८०.७८ कित्ता संस्थापक शेयर सर्वसाधारण व्यक्ति वा संस्थाले खरिद गर्न पाउनेछन् ।
संस्थापक शेयरधनीले शेयर नकिनेपछि बैंकले सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । शेयर खरिद गर्न इच्छुकले ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।