citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

एनएमबि बैंक र कतार एयरवेजबीच सम्झौता

ग्राहकलाई फ्लाईट टिकटमा १०% सम्म छूट

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । एनएमबि बैंक लिमिटेडले कतार एयरवेजसँग साझेदारी गरी ग्राहकहरूलाई विशेष छूट उपलब्ध गराउने भएको छ ।

एनएमबि बैंकका ग्राकहले कतार एयरवेजको वेबसाइटमार्फत हवाई भाडा खरीद गर्दा १० प्रतिशतसम्म छूट पाउने भएका छन् ।

छूट पाउका लागि नेपालबाट प्रस्थान गर्ने कतार एयरवेजको उडानको टिकट काट्दा, ग्राहकले अनलाइन प्रमोशनल कोड QRNMB24 प्रयोग गर्नुपर्ने बैंकले जनाएको छ ।

यो सुविधा मार्फत ग्राहकहरूले सुपथ मूल्यमा आरामदायी उडानका साथ कतार एयरवेज स्टुडेन्ट क्लबका विद्यार्थीहरूले थप लगेज लगायत अन्य विशेष सुविधा समेत पाउने बैंकले बताएको छ ।

एनएमबि बैंक विगत २८ वर्ष देखि बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो ।

बैंक दि फिनान्सियल टाईम्स, लण्डनको “द ब्यान्कर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी “बैंक अफदिइयर एसिया २०२१” उपाधीबाट सम्मानित भएको बैंक हो ।

बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हाल सम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरिसकेको छ । बैंकले हाल देशभर २०१ शाखा, १८८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत बैंकिङ सेवा प्रदान गदै आइरहेको छ ।

himalayan life insurance
igi long