citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

कुमारी बैंकको लिलामी शेयरमा आवेदन दिने म्याद थप

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । कुमारी बैंक लिमिटेडले जेठ २९ गते देखि लिलामीमा ल्याएको पाँच लाख ८१ हजार २५१ कित्ता संस्थापक शेयरमा आवेदन दिने म्याद थप गरिएको छ ।

बैंकका अनुसार अब उक्त शेयरमा असार ११ गते कार्यालय समयसम्म आवेदन दिन सकिनेछ । यसअघि बैंकले असार ४ गतेलाई आवेदन दिने अन्तिम मिति तोकेको थियो ।

यो शेयर जोकोही व्यक्ति तथा संस्थाहरूले खरिद गर्न पाउनेछन् । यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ ।

शेयर खरिदका लागि आवेदन दिँदा घटीमा एक लाख र बढीमा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

शेयर खरिद गर्न इच्छुकले काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) मा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

himalayan life insurance
igi long