stcnepal long ad
ime life insurance
global ime bank long

सप्तकोशी विकास बैंकका तत्कालीन कार्यकारी अधिकृत सुवेदी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विशेष अदालतले सप्तकोशी विकास बैंकका तत्कालीन कार्यकारी अधिकृत नवीन सुवेदीलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको शुक्रबारको इजलाशले उनलाई दोषी ठहर गरेको हो ।

अदालतले सुवेदीलाई ३ वर्ष २ महिना १८ दिन कैद र २ करोड ३६ लाख ५४ हजार ४ सय जरिवाना ९बिगोको दोब्बर० को सजाय सुनाएको छ । साथै अदालतले बिगो बराबरको सम्पत्ति जफत गर्न पनि आदेश दिएको छ ।

कार्यालय प्रमुखका रुपमा पदको दुरुपयोग गरी कसुर गरेको भन्दै अदालतले सुवेदीलाई थप २ महिना १८ दिन कैद र २३ लाख ७५ हजार ५४० रुपैयाँ जरिवानाको पनि सजाय गरेको छ ।

२०८० असारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुवेदी विरुद्ध १ करोड १८ लाख ७७ हजार ७ सय रुपैयाँ बिगो मागदाबी सहित बिगोको दोब्बर जरिवाना र कैद सजाय मागदाबी सहित मुद्दा दायर गरेको थियो ।

prabhu mahalaxmi
kumari