citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सिटिजन्स बैंकमा आबद्ध भएकाले ग्यास्ट्रो सेन्टरमा विशेष छुट पाउने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सिटिजन्स बैंकका ग्राहक तथा कर्मचारीले बुटवलको मैत्रीपथस्थित ग्यास्ट्रो सेन्टरमा विशेष छुट पाउने भएका छन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवलको ग्यास्ट्रो सेन्टरबीच सो सम्बन्धी सम्झौता भएको हो ।

समझदारी अनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले ग्यास्ट्रो सेन्टर बुटवलका सेवाहरुमा २० प्रतिशत सम्मको आकर्षक छुट पाउने व्यवस्था गरिएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकको भनाइ छ ।

himalayan life insurance
igi long