citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

बैंकहरुका लागि ‘एनएफआरएस–९’ सम्बन्धी मार्गदर्शन जारी, साउनबाट कार्यान्वयनमा आउने

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि ‘एनएफआरएस–९’सम्बन्धी मार्गदर्शन जारी गरेको छ।

केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकारी प्रयोग गर्दै ‘एनएफआरएस ९– एक्सपेक्टेड क्रेडिट रिलेटेड गाइलाइन्स–२०२४’ जारी गरेको हो।

यो मार्गदर्शन अन्तर्गत एनएफआरएस–९ आगामी आर्थिक वर्ष २०८१/८२ बाट अर्थात आउँदो साउन १ गतेबाट बैंक तथा वित्तीय संस्थाहरुले कार्यान्वयनमा ल्याउनुपर्नेछ।

एनएफआरएस–९ इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ नेपाल (आईक्यान) ले तयार पारेको एउटा वित्तीय औजार हो।

यो वित्तीय औजार सन् २०२१ जुलाई १६ बाट लागू हुने भनिएको थियो। तर, समय अभाव, कोभिड महामारी र प्राविधिक विज्ञताको अभावका कारण यो वित्तीय औजारको कार्यान्वयन अवधि आर्थिक वर्ष २०८०/८१ सम्मका लागि स्थागित गरिएको छ।

अन्ततः बैंक तथा वित्तीय संस्थाहरुका लागि एनएफआरएस–९ आगामी आर्थिक वर्ष २०८१/८२ बाट लागू हुने भएको छ।

gold
himalayan life insurance long ad
kumari bank