citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

माछापुच्छे बैंकले कालीदेवी आधारभुत विद्यालयलाई ७ थान कम्प्युटर तथा १ थान कलर प्रिन्टर सहयोग

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । माछापुच्छे बैंकको धादिङ्ग जिल्ला स्थित सिम्ले शाखाले धादिङ्गवेशी नगरपालिका–६ मा रहेको कालीदेवी आधारभुत विद्यालयलाई ७ थान कम्प्युटर तथा १ थान कलर प्रिन्टर सहयोग गरेको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई डिजिटल माध्यमबाट पठन पाठन गराउने तथा कम्प्युटरसँग सम्बन्धित  ज्ञान प्रदान  गर्न  टेवा पुर्याउने उद्देश्यले  उक्त सामाग्री  हस्तान्तरण  गरेको बैंकले जनाएको छ ।

कालीदेवी आधारभुत विद्यालयलाई कम्प्युटर सहयोगपछि विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्न तथा दैनिक प्रशासकिय कार्य गर्न समेत र पाठ्य सामाग्री अध्ययन गर्न ती सामाग्री उपयोगी हुने विश्वास बैंकले लिएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा सहयोग गर्ने कार्य गर्दै आएको छ ।

himalayan life insurance
igi long