sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

सानिमा बैंकका ग्राहकले स्काईवाक टावरको टिकटमा १० प्रतिशत छुट पाउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न वन्डर्स नेपालमा छुट दिने भएको छ ।

सानिमा बैंकको भिसा डेबिट क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा स्काईवाक टावरको टिकटमा १० प्रतिशत छुट पाउने भएका छन् ।

समझदारी पत्रमा वन्डर्स नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र प्रसाद श्रेष्ठ तथा सानिमा बैंकका प्रमुख डिजिटल बैंकिङ्ग बिक्रम श्रेष्ठले हस्ताक्षर गरे ।

बैंकले ग्राहकलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटिएमहरु संचालनमा रहेका छन् ।

gold
prabhu bank
nawakantipur long