stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बैंकिङ प्रणालीबाट बाहिरियो सात अर्ब निक्षेप

१० दिनमा कर्जा प्रवाह तीन अर्बले घट्यो, वाणिज्य बैंकहरूबाट चार अर्ब निक्षेप बाहिरियो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । १० दिनमा बैंक तथा वित्तीय संस्थाबाट सात अर्ब निक्षेप बाहिरिएको छ । गत ४ वैशाखमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६१ खर्ब ३९ अर्ब थियो । त्यसको १० दिनपछि १३ वैशाखमा निक्षेप संकलन घटेर ६१ खर्ब ३२ अर्ब कायम भएको छ ।

सो अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह तीन अर्बले घटेको छ । ४ वैशाखसम्म ५१ खर्ब पाँच अर्ब कर्जा प्रवाह भएकोमा घटेर १० दिनपछि ५१ खर्ब दुई अर्ब कायम भएको छ ।

निक्षेप बाहिरिनेमा सबैभन्दा ठूलो हिस्सा वाणिज्य बैंकको छ । वाणिज्य बैंकहरूबाट चार अर्ब निक्षेप बाहिरिएको छ । ४ वैशाखमा वाणिज्य बैंकहरूको निक्षेप संकलन ५४ खर्ब २४ अर्ब रहेकोमा १३ वैशाखमा ५४ खर्ब २० अर्ब कायम भएको छ ।

यस अवधिमा वाणिज्य बैंकहरूको कर्जाप्रवाह पनि चार अर्बले घटेको छ । ४ वैशाखमा ४५ खर्ब १६ अर्ब रहेको कर्जा प्रवाह घटेर १३ वैशाखमा ४५ खर्ब १२ अर्ब कायम भएको छ ।

निक्षेप बाहिरिने क्रम बढ्दै जाँदा कर्जा निक्षेपको अनुपातमा (सिडी रेसियो)समेत चाप पर्न थालेको छ । ४ वैशाखमा ८०.८२ प्रतिशत रहेको यस्तो अनुपात ११ वैशाखमा बढेर ८०.८६ प्रतिशत कायम भएको छ ।

१० दिनमा निक्षेप घटेको भए पनि पछिल्लो दुई दिनमा निक्षेपमा वृद्धि भइरहेको देखिन्छ । बैंकहरू निक्षेप संकलनमा ११ वैशाखसम्म ओरालो लागे पनि त्यसपछि बढेको हो ।

४ देखि ११ वैशाखसम्म आइपुग्दा १३ अर्बले निक्षेप बाहिरिएको थियो । त्यसपछिको दुई दिनमा आठ अर्बले निक्षेप बढेको छ ।

prabhu mahalaxmi
kumari