citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी जेनिथ इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा.लि.को नाममा रहेको ६ लाख ९८ हजार ५६७ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, काठमाडौंको नक्सालमा रहेको कुमारी क्यापिटल लिमिटेड वा टंगालमा रहेको बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ ।

बिक्रीमा राखिएको शेयरको मूल्यभने बिक्रेताले तोकेबमोजिम हुनेछ । साथै, तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

himalayan life insurance
igi long