citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

माछापुच्छ्रे बैंकको रुपन्देहीमा आफ्नै भवनमा शाखा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका–१२ स्थित नयाँ भवन बनाएको छ । बैंकले नवनिर्मित कार्यालयको शुभारम्भ गरेको छ ।

आज आयोजित औपचारिक कार्यक्रममा भवनको सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खाँ तथा बैंकका अध्यक्ष रोशन केसीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका मेयर खाँले बैंकले आफ्नै नयाँ कार्यालयबाट कार्य शुभारम्भ गरेको अवसरमा खुशि व्यक्त गरे । बैंकलाई अझै उचाईमा लैजान बैंक संचालक एंव व्यवस्थापन समितिलाई सुझाव दिए ।

कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष रोशन केसीले बैंकले हरेक क्षेत्र र वर्गमा बैंकिङ्ग सेवा पुर्याउने लक्ष्यका साथ सेवा प्रदान गरिरहेको बताए ।

उनले लुम्बनी प्रदेशमा आफ्नै कार्यालय भवनबाट सेवा प्रदान गर्न पाउंदा निक्कै नै हर्ष लागेको बताए । बैंकले गुणस्तरिय सेवा प्रदान गर्नको लागि कुनैपनि कुरामा सम्झौैता नगर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

gold
himalayan life insurance long ad