stcnepal long ad
global ime bank long

प्रभु बैंकको एक लाख ६० हजार २०९ कित्ता संस्थापक शेयर बिक्रीमा

सर्वसाधारणले किन्न पाउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु बैंक लिमिटेडले एक लाख ६० हजार २०९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी चिरञ्जीवी श्रेष्ठको ८९ हजार ४१५ कित्ता, गोविन्द प्रसाद ज्ञवालीको १९ हजार ७०६ कित्ता र भारती कुमारी आचार्यको ५१ हजार ८८ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा राखिएको थियो । तर, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेपछि बैंकले अन्य व्यक्ति वा संस्थाले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

यस शेयर खरिद गर्न इच्छुक व्यक्ति वा कम्पनीले आवश्यक कागजात सहित १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

IME Lifesidebar
kumari