citizens life insurance long ad
stcnepal long ad

हिमालयन बैंकको १३ लाख २७ हजार ८६७ कित्ता  शेयर बिक्रीमा

बैंकले विभिन्न आठ संस्थापक शेयरधनीको नाममा रहेको १३ लाख २७ हजार ८६७ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न आठ संस्थापक शेयरधनीको नाममा रहेको १३ लाख २७ हजार ८६७ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

बैंकले संस्थापक शेयरधनी पुन प्रसाद सुवेदीको ३० हजार कित्ता, नम्रता श्रेष्ठको सात लाख ५० हजार ३९४ कित्ता, नारायण श्रेष्ठको चार हजार कित्ता, प्रकाश तायलको तीन लाख आठ हजार ३४८ कित्ता, तुलसीराम नेपालको सात हजार ४०९ कित्ता, ईश्वरलाल श्रेष्ठको एक लाख पाँच हजार ८०४ कित्ता, नरेश बिक्रम सिजापतीको २२ हजार ३१३ कित्ता र गिरेन्द्रमान सिंह श्रेष्ठको ९९ हजार ५९९ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयरमा हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापकले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंस्थित कानून तथा शेयर विभागमा आवेदन दिनुपर्नेछ ।

संस्थापक शेयरहरुको बिक्री मुल्य बिक्रेताअनुसार फरकफरक रहेको बैंकले जनाएको छ । तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

IME Life
kumari