नयाँ सार्वजनिक गरे नेपाल एसबीआई बैंकले ब्याजदर
काठमाडौं । नेपाल एसबीआई बैंकले नयाँ ब्याज दर सार्वजनिक गरेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ८ दशमलव २५ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ भने संस्थागततर्फ सात प्रतिशत ब्याजदर निर्धारण गरेको जनाएको छ ।
बैंकले ब्यक्तिगत कल डिपोजिटमा २ प्रतिशत ब्याज उपलब्ध गराउने जनाइएको छ ।
त्यस्तै, बैंकले बचत खातामा सबै भन्दा बढी ५ र सबैभन्दा कम एक प्रतिशत ब्याज दिने भएको छ । हाल बैंकको आधार दर ९ दशमलव ८६ प्रतिशत रहेको छ ।




























