stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको दुई नयाँ शाखा विस्तार

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आज बिहीबारदेखि ललितपुरमा २ वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ ।

बैंकले ललितपुर महानगरपालिका १५ मा सातदोबाटो शाखा र ललितपुर महानगरपालिका २५ मा भैंसेपाटी शाखा संचालनमा ल्याएको हो ।

नयाँ शाखाहरुबाट आज बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन गरे ।

कार्यक्रममा सिईओ पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकहरुलाई गुणस्तरीय बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए ।

बैंकले हालसालै बाराको सिमरा, काठमाडौंको शंखमुल र अनामनगरमा नयाँ शाखाहरु संचालनमा ल्याएको थियो ।

बैंकले हाल देशभरिमा २६६ शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैंकिङ र २५७ वटा एटीएम मार्फत सेवा प्रदान गरिरहेको छ ।

prabhu mahalaxmi
kumari