citizens life insurance long ad
stcnepal long ad
national life

नबिल बैंक सबैभन्दा बढी नाफा कमाउने बैंक बन्यो

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंकको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ६.२८ प्रतिशत घटेर ३ अर्ब २० करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकको खराब कर्जा (एनपीएल) ०.२६ प्रतिशत घटेर १।२ प्रतिशतमा झारेको छ । गत वर्षको सोही अवधिमा १.४६ प्रतिशत थियो ।

पुस  मसान्तसम्म बैंकको खुद ब्याज  आम्दानी ५.२४ प्रतिशत बढेर ८ अर्ब २४ करोड रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७ अर्ब ८३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

६ महिनाको अवधिमा बैंकको नेट फि तथा कमिशन आम्दानी १५.७२ प्रतिशत बढेर १ अर्ब ४८ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी ५.७५ प्रतिशत बढेर १० अर्ब ६ करोड रुपैयाँ, सञ्चालन नाफा ६.२८ प्रतिशत घटेर ४ अर्ब ५६ करोड रुपैयाँ र वितरणयोग्य नाफा १ अर्ब ८ करोड रुपैयाँ रहको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड रुपैयाँ, जगेडा कोष ५.३५ प्रतिशत घटेर २८ अर्ब २५ करोड रुपैयाँ, निक्षेप संकलन ८ प्रतिशत बढेर ४ खर्ब २८ अर्ब ८३ करोड रुपैयाँ र कर्जा प्रवाह ९.५९ प्रतिशत बढेर ३ खर्ब ६२ अर्ब ८७ करोड रुपैयाँ रहेको छ ।

बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी १।५९ रुपैयाँ घटेर २३।६८ रुपैयाँमा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात २०।८३ गुणा छ भने प्रतिसेयर नेटवर्थ २०४.४४ रुपैयाँ रहेको छ ।

बैंकको आधार दर ९.०७ प्रतिशत, कर्जा निक्षेप अनुपात ८४.९५ प्रतिशत, कस्ट अफ फण्ड ७।२५ प्रतिशत र इन्ट्रेस्ट रेट स्प्रेड ४ प्रतिशत छ ।

himalayan life insurance
igi long