citizens life insurance long ad
stcnepal long ad
national life

विकास बैंकले ५ महिनामा २ अर्ब १६ करोड नाफा कमाए, कुनले कति ?

Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुले चालु आर्थिक वर्षको ५ महिनामै २ अर्ब १६ करोड २३ लाख रुपैयाँ भन्दा बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मंसिर मसान्तसम्ममा ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरुले उक्त नाफा कमाएका हुन् ।

कात्तिक मसान्तसम्ममा भने १ अर्ब ४५ करोड रुपैयाँ नाफा कमाएका थिए । तसर्थ, बैंकहरुको नाफा एक महिनामै ६१ करोड रुपैयाँले बढेको देखिन्छ । ५ महिना अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ ।

यसअवधिमा यसले ४५ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्तै, गरिमा विकास बैंकले ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

शाइन रेसुङ्गाले ३० करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । अरु बैंकको नाफा १० करोड रुपैयाँदेखि २० करोड रुपैयाँबीचमा रहेको देखिन्छ ।

himalayan life insurance
igi long