macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

महालक्ष्मी विकास बैंकद्वारा विभिन सामाजिक कार्यक्रमहरु सम्पन्न

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । महालक्ष्मीविकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालय, सामाजिक  संस्था र धार्मिक संघलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् ।

बैंकको न्यूरोड शाखाद्वारा हिमालय माध्यमिक विद्यालय, न्यूरोडलाई एक थान प्रिन्टर प्रदान गरिएको छ । विद्यालयको प्रशासनिक तथा दैनिक कार्यमा सहयोग पु¥याउने हेतुले उक्त प्रिन्टर प्रदान गरिएको हो ।

न्यूरोड शाखाका प्रमुख कुमार अधिकारीले विद्यालयका प्रधानाध्यापक हिरा मर्हजनलाई प्रिन्टर हस्तान्तरण गर्नु भएको थियो ।

त्यसैगरि बैंकको गोगंबु शाखाद्वारा काठमाडौं महानगरपालिका वडा नं २६ मा अवस्थित पवित्रनगर समाजलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

समाजको कार्यालय कक्षमा स्थापना गर्न लागिएको सार्वजनिक पुस्तकालयमा आवश्यक पुस्तक तथा अन्य सामाग्रि खरिद गर्नका लागि बैंकले उक्त सहयोग गरेको हो ।

गोगंबु शाखाका प्रमुख अमिता बगालेले पवित्रनगर समाज समितिका अध्यक्ष सुर्यमणि पौडेललाई तीस हजार रुपैया बराबरको चेक हस्तान्तरण गर्नुभएको थियो ।

उल्लेखित कार्यक्रम सँगसगै बैकको बसुन्धरा शाखाद्वारा टोखा नगरपालिका वडा नं ४ मा अवस्थित श्रीकृष्ण धार्मिक संघलाई २ थान उफर हस्तान्तरण कार्यक्रम सञ्चाल नगरिएको छ ।

श्रीकृष्ण मन्दिरमा नियमित रुपमा २ वटा हलमा भजनकिर्तन गरिने गरेको तर आर्थिक अभावका कारण उफरको व्यवस्था गर्न नसकिएकाले बैंकले उक्त सहयोग प्रदान गरेको हो ।

बसुन्धरा शाखाका प्रमुख विकास देवकोटाले श्रीकृष्ण धार्मिक संघलाई उफर हस्तान्तरण गर्नुभएको थियो ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैैकले जनाएको छ ।

himalayan life insurance
igi long
NTA long ad