citizens life insurance long ad
stcnepal long ad

अधिक तरलता : धमाधम निक्षेप तान्दै केन्द्रीय बैंक

कति छ ब्याजदर ?

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था छ । तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले धमाधम निक्षेप संकलन उपकरण मार्फत तरलता खिचेको छ ।

बुधबार पुस ११ गते ३५ अर्ब रुपैयाँ तानेको केन्द्रीय बैंकले आज पुनः २० अर्ब रुपैयाँ निक्षेप तान्ने सूचना जारी गरेको छ । राष्ट्र बैंकले पुस महिनामा मात्रै ५ पटक गेरर बैंक तथा वित्तीय संस्थाबाट १०५ अर्ब रुपैयाँ निक्षेप तानिसकेको छ ।

यो बाहेक आज २० अर्ब निक्षेप तान्दै छ । निक्षेप संकलनको पछिल्लो औसत ब्याजदरलाई हेर्ने हो भने ब्याजदर बढ्दो क्रममा रहेको छ । पुस १ गते राष्ट्र बैंकले १० अर्ब निक्षेप तान्दा त्यसको औसत ब्याजदर २।४७८४ प्रतिशत निर्धारण भएको थियो ।

पुस ११ गतेसम्म आइपुग्दा औसत २.८५९४ प्रतिशत कायम भएको छ । राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर भन्दा अन्तरबैंक ब्याजदर कम भएपछि राष्ट्र बैंकले रिभर्स रिपो वा निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्ने गर्दछ । केन्द्रीय बैंकले अहिले निक्षेप संकलन ३ प्रतिशत कायम गरेको छ ।

IME Life
kumari