macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

सिटिजन्स बैंक इन्टरनेसनल लि.तथा ईनलाइटन मोटर्स प्रा.लि.बीच सम्झौता

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवल,रुपन्देही स्थित ईनलाइटन मोटर्सप्रा.लि.बीच BYD ब्राण्डका विद्युतिय सवारी साधन खरिद गर्दा ग्राहकहरूलाई सहुलियत दरमा ऋण दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बैंक र कम्पनी बीचको यो सम्झौतामा BYD ब्रान्डका इलेक्ट्रोनिक सवारीका सम्भावित खरिदकर्ताहरूलाई विशेष सहुलियत दरमा कर्जा रकम उपलब्ध गराउने समझदारी भएको छ ।

यस सम्झौता अनुरुप ग्राहकले केवल १ प्रतिशत प्रिमियम दरमा अधिकतम ८०% सम्म र अधिकतम ८ वर्ष सम्मका लागि सवारी कर्जा (अटोलोन) उपभोगग र्न पाउने छन् ।

कर्जाको भुक्तानी समान मासिक किस्तामा हुनेछ ।यो योजनामा शर्तहरु लागु हुनेछन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९०वटा शाखा, १५१ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख८१हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

himalayan life insurance
igi long
NTA long ad