macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको मंसिर २३ गते वार्षिक साधारण सभा

 सेयरधनीलाई लाभांश प्रस्ताव

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश सहितका प्रस्तावहरु पारित गर्न भोलि मंसिर २३ गते शनिबार वार्षिक साधारण सभा बस्ने भएको छ ।

बैंकको गत कात्तिक २३ गते बसेको सञ्चालक समिति बैठकले मंसिर २३ मा साधारण सभा बस्ने निर्णय गरेको हो ।

साधारण सभामा बैंकले १०.५०% बोनस सेयर र कर तिर्न ०.५५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । साधारण सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव रहेको छ ।

साथै, साधारण सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।

साधारणसभा प्रयोजनका लागि बैंकले मंसिर ११ गतेदेखि मंसिर २३ गतेसम्म बुक क्लोज गरेको छ । तसर्थ, मंसिर १० गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।साधारण सभा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एन्ड प्रा. लि. मणिग्राम, रुपन्देहीमा बिहान ११ बजे सुरु हुनेछ ।

himalayan life insurance
igi long
NTA long ad