citizens life insurance long ad
stcnepal long ad

नेपाल राष्ट्र बैंकले ४५ अर्ब तान्न खोज्दा बैंकहरुबाट १.४१ खर्ब बढीको आवेदन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले यो मंसिर महिनामा अहिलेसम्म ४ पटक निक्षेप संकलन उपकरण प्रयोग गरी बैंकहरुबाट ४५ अर्ब रुपैयाँ तानिसकेको छ।

केन्द्रीय बैंकले गत मंसिर ६ गते, १२ गते, १४ गते र १७ गते गरी ४ पटक यो उपकरण प्रयोग गरी बैंकहरुबाट ४५ अर्ब रुपैयाँ तानेको हो। तर, राष्ट्र बैंकले ४५ अर्ब रुपैयाँ तान्दा बैंकहरुले भने कुल १ खर्ब ४१ अर्ब १७ करोड रुपैयाँ बढीको आवेदन पेस गरेका थिए।

राष्ट्र बैंकले मंसिर ६ गते १० अर्ब रुपैयाँ तानेको थियो। बोलकबोलमा बैंकहरुले भने १२ वटा बैंक तथा वित्तीय संस्थाबाट कुल ३७ अर्ब रुपैयाँको आवेदन पेस गरेका थिए। यसमा औसत ब्याजदर १।९६ प्रतिशत कायम भएको थियो। अर्थात् बैंकले करिब २ प्रतिशत ब्याजदरमै राष्ट्र बैंकलाई दिन बाध्य भए ।

यसैगरी निक्षेप संकलन उपकरणमार्फत केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट मंसिर १२ गते १० अर्ब रुपैयाँ र मंसिर १४ गते १५ अर्ब रुपैयाँ खिचेको थियो।

यी दुवै बेलाको बोलकबोलमा क्रमशः १३ वटा बैंक तथा वित्तीय संस्थाबाट ३९ अर्ब ६० करोड र १२ वटा बैंक तथा वित्तीय संस्थाबाट ४० अर्ब १० रुपैयाँको आवेदन पेस गरेका थिए। यी दुवैमा औसत ब्याजदर क्रमशः १.१४ प्रतिशत र १.०४ प्रतिशत कायम भएको थियो।

हिजो मंसिर १७ गते पनि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले १० अर्ब रुपैयाँ तानेको छ। तर, ९ वटा बैंक तथा वित्तीयले भने बोलकबोल मार्फत २५ अर्ब रुपैयाँको आवेदन पेस गरेका थिए। यसमा भने औसत ब्याजदर ०.९८ प्रतिशत कायम भएको थियो।

बैंकिङ प्रणालीमा तरलता थुप्रिए पनि बैंकहरुले सोचेजस्तो कर्जा प्रवाह गर्न नसक्दा सस्तैमा राष्ट्र बैंकलाई पैसा दिन बाध्य भइरहेका छन्।

IME Life
kumari