citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

वाणिज्य बैंक घोटाला प्रकरणमा चार कर्मचारीसहितका आरोपित दोषी ठहर

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । सर्वोच्च अदालतले करिब दुई दशकअघिको राष्ट्रिय वाणिज्य बैंक भ्रष्टाचार मुद्दामा आरोपितलाई दोषी ठहर गर्ने विशेष अदालतको फैसला सदर गरेको छ ।

सर्वोच्चले विराटनगरका मंगतुराम व्यवसायी समूहका चार दाजुभाइ र राष्ट्रिय वाणिज्य बैंकका चार कर्मचारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बिगो दाबी गर्दै दायर गरेको भ्रष्टाचार मुद्दामा व्यवसायी मंगतुराम अग्रवाल र उनका छोराहरू सुबोध कुमार अग्रवाल, सुरेश कुमार अग्रवाल, कृष्ण कुमार अग्रवाल, नारायण अग्रवाल र दामोदर अग्रवाललाई दोषी ठहर गरेको थियो ।

तर ७ मङ्सिरमा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत र डा। कुमार चुडालको संयुक्त इजलासले विशेष अदालतको फैसला सदर गरेको हो । अब उनीहरू ११ वर्ष कैद बस्नुपर्नेछ ।

गलत ढङ्गले ऋण प्रवाह गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंकको विराटनगर रानी शाखाका ६ जना कर्मचारीहरू पनि दोषी ठहर भएका छन् ।

उक्त बैंकको रानी शाखाका प्रबन्धकहरू राधाप्रसाद साह र शिवचरण मण्डल, सहायक प्रबन्धक चन्द्रलाल अमात्य, लेखा अधिकृत भैरवप्रसाद पोखरेललाई विशेष अदालतले ६/६ महिनाको कैद सजाय सुनाएको थियो ।

बैंकका सहलेखा अधिकृत बीरेन्द्रलाल छोटे र कामू सहलेखा अधिकृत श्यामकुमार श्रेष्ठलाई विशेष अदालतले सफाइ दिएको थियो ।

राष्ट्रिय वाणिज्य बैंकको रानी शाखाबाट कर्जा सुविधा पाउने मंगतुरामले नक्कली र झुटो कागजातका आधारमा ऋण लिएको निष्कर्ष सहित १९ जेठ, २०६२ सालमा अख्तियारले भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको थियो ।

मंगतुराम समूह अन्तर्गत रहेका विभिन्न कम्पनी र फर्महरूलाई ऋण दिँदा कर्मचारीसँग मिलेमतो भएको अख्तियारको दाबी थियो । बैंकिङ कानुन तथा नीति नियम विपरीत ऋण प्रवाह भएको भन्दै अख्तियारले १ अर्ब ३७ करोड बिगो मागवादी गरेको थियो ।

gold
himalayan life insurance long ad