citizens life insurance long ad
stcnepal long ad
national life

स्टान्डर्ड चार्टर्ड बैंकको साधारण सभा मंसिर २४ गते

Prabhu Insurance Long Ad

काठमाडौं । मंसिर २४ गते स्टान्डर्ड चार्टर्ड बैंक नेपालले वार्षिक साधारण सभा डाकेको छ । वार्षिक साधारणसभा आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

उक्त वार्षिक साधारणसभाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट करसहित प्रस्ताव गरेको १९% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, वार्षिक साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा पनि छलफल हुनेछ । प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव रहेको छ ।

वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर ७ गते बुक क्लोज गर्ने बैंकले जनाएको छ । तसर्थ, मंसिर ६ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

himalayan life insurance
igi long