citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

ग्लोबल आइएमई बैंकको १७औं वार्षिक साधारण सभा मंसिर २८ गते

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले १७औं वार्षिक साधारण सभा मंसिर २८ गते गर्ने भएको छ ।

कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा मंसिर २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ९ बजे शुरु हुने जनाएको हो ।

वार्षिक साधारण सभाले ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकले साधारण सभा प्रयोजनको लागि मंसिर १३ गते बुक क्लोज गर्ने भएको छ ।

यस बुक क्लोजको आधारमा मंसिर १२ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

साधारण सभाले सञ्चालक समिति चयन गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले संस्थापकबाट तीन र सर्वसाधारणबाट अर्को तीनजना नयाँ सञ्चालकको चयन गर्ने प्रस्ताव गर्ने जनाएको छ ।

साधारण सभाले  आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ ।

त्यस्तै, साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक पनि निर्धारण गर्नेछ ।

himalayan life insurance
igi long