macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

हिमालयन बैंकको नाफा ९८.३५ प्रतिशतले बढ्दा वितरणयोग्य नाफा भने ऋणात्मक

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब ५ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको भन्दा ९८.३५ प्रतिशतले धेरै हो । गत वर्ष यसले ५३ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानीमा आएको वृद्धिका कारण यसको नाफा बढेको हो । त्यसका साथै, यस बैकको सञ्चालन नाफा पनि बढेको छ । समीक्षा अवधिसम्म यस बैंकले ३ अर्ब १७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको भन्दा ७५.८६ प्रतिशतले धेरै हो ।

गत वर्ष यसको खुद ब्याज आम्दानी १ अर्ब ८० करोड रुपैयाँ रहेको थियो । त्यसैगरी, सञ्चालन नाफा ९१.०४ प्रतिशतले बढेर १ अर्ब ५० करोड पुगेको छ । गत वर्ष उक्त नाफा ७८ करोड ९४ लाख रुपैयाँ रहेको थियो । यस बैंकले इम्पेयरमेन्ट चार्ज बापत ७५ करोड ६६ लाख रुपैयाँ छुट्याएको छ ।

गत वर्ष ६५ करोड ८९ लाख रुपैयाँ उक्त शीर्षकमा छुटयाएको थियो । खराब कर्जा बढ्दा यसको इम्पेयरमेन्ट चार्ज पनि बढेको हो ।

गत वर्ष २.३१ प्रतिशत रहेको यसको खराब कर्जा अहिले बढेर ४.६७ प्रतिशत पुगेको छ । हिमालयन बैंकको वितरणयोग्य नाफा भने १ अर्ब १६ करोड रुपैयाँ ऋणात्मक छ ।हाल यस बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

यसको जगेडाकोषमा १७ अर्ब ७ करोड रुपैयाँ जम्मा रहेको छ । यसको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९ पैसाले बढेर १९ रुपैयाँ ५१ पैसा कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी १६ रुपैयाँ ४२ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ २७ पैसा रहेको छ ।

१७ कात्तिक २०८०, शुक्रवार १२:५४ बजे प्रकाशित

NTA long ad