stcnepal long ad
ime life insurance
national life
global ime bank long

बैंकहरुलाई प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने समय थप

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने समय थप गरेको छ ।

राष्ट्र बैंकले यसपाली बैंकहरुले कात्तिक १७ गतेभित्र पहिलो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्न सक्नेगरी समय थपेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने समयमा दसैं बिदा परेकाले समय थप गरिएको राष्ट्र बैंक डेपुटी गभर्नर बम बहादुर मिश्रले  बताए । बैंकहरुले त्रैमास  सकिएको  सात  दिनभित्र अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।

अब कात्तिक लागेपछि बैंक तथा वित्तीय संस्था सहित सूचीकृत कम्पनीहरुले धमाधम चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न थाल्छन् । सेयर बजारका लगानीकर्ता पनि त्रैमासिक रिपोर्टको प्रतीक्षामा रहेका छन् ।

IME Lifesidebar
kumari