citizens life insurance long ad
stcnepal long ad

जावा मोटरसाइकलको डिलर जनकपुरमा विस्तार

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रा. लि. ले थापाचोक, जनकपुरमा आफ्नो नयाँ डिलर भाष्कर एन्ड भाष्कर ईन्टरप्राईजेज प्रा. लि. को स्थापनासँगै सुसज्जित र पूर्ण रुपमा सञ्चालित जावा मोटरसाइकलको विशिष्ट शोरूम खोलेको छ ।

बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, वीरगंज, नारायणघाट, पोखरा, बाग्लुङ्ग, बुटवल, भैरहवा, नेपालगञ्ज, सुर्खेत, दाङ्ग र धनगढीका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकलहरू उपलब्ध गराइसकेपछि जनकपुरमा नयाँ डिलर नियुक्तिसँगै पूर्ण सुसज्जित थ्री यश शोरूम स्थापना गरेको हो ।

भाष्कर एन्ड भाष्कर ईन्टरप्राईजेज प्रा. लि. का प्रबन्ध निर्देशक श्रीमती विनय मनि शर्माको ममतामयी माता, माया देवी र मिस युनिभर्स नेपाल २०२१ तथा जावा मिस फियर्स सुजिता बस्नेतले सामूहिक रुपमा यस शोरुम उद्घाटन गर्नुभएको थियो ।

उद्घाटनका क्रममा अग्नि मोटोइंक प्रा. लि. का सेल्स हेड श्री प्रत्युष श्रेष्ठको भनाई अनुसार, “जावा मोटरसाइकल शहर बजारमा मात्र नभई हाईवेको यात्राका लागि पनि निकै आरामदायी र उपयुक्त छ । मोटरसाइकल पारखीले आफ्नो व्यक्तित्व अनुसार आफूलाई सुहाउँदो र मनपर्ने मोडलका जावा मोटरसाइकल सहजै पाउन सक्नु हुनेछ ।

अरुभन्दा फरक हुन चाहने, भीडमा आफ्नो छुट्टै पहिचान बनाउन खोज्ने र उच्चस्तरीय, आधुनिक टेक्नोलोजीको रेट्रो क्लास्सिक मोटरसाइकल चढ्न चाहने सबैका लागि भनेजस्तै बाइक जावा नै हो । देशका विभिन्न स्थानहरुमा राम्रो प्रतिक्रिया पाईरहेको जावा मोटरसाइकलले जनकपुरका युवा तथा मोटरसाइकल प्रेमीहरुका बीच पनि सफलता हात पार्नेछ भन्नेमा हामी विश्वस्त छौँ ।”

भाष्कर एन्ड भाष्कर ईन्टरप्राईजेज प्रा. लि. का प्रबन्ध निर्देशक श्रीमती विनय मनि शर्माका अनुसार, “सांस्कृतिक तथा पर्यटकीय स्थल भनेर कहलिएको हाम्रो थातथलो, जनकपुरमा क्लासिक लिजेन्ड्सको जावा मोटरसाइकल ल्याउन पाउनु हाम्रा लागि निकै गौरवको कुरा हो ।

जनकपुर र यस वरिपरिका क्षेत्रका मोटरसाइकल प्रेमीहरूका लागि यी क्लासिक मोटरसाइकलहरू उपलब्ध गराउन पाउँदा हामी निकै उत्साहित भएका छौँ । जावा एक प्रमाणिक र प्रतिष्ठित ब्रान्ड हो, जसले निश्चित रूपमा मोटरसाइकल प्रेमीहरूको स्वायत्त चाहनालाई पूरा गर्नेमा म धेरै आशावादी छु र समय अनुरुप अझ फेसनेबल र बलियो निर्माण सुविधाहरुयुक्त बनेको जावा जनकपुरका ग्राहकहरुमाझ पनि छिट्टै नै लोकप्रिय हुनेमा विश्वस्त पनि छु ।”

मिस युनिभर्स नेपाल २०२१ तथा जावा मिस फियर्स, सुश्री सुजिता बस्नेतका अनुसार, “जावाले सधैं मलाई आकर्षक डिजाईन र कार्यकुशलताले मोहित बनाएको छ । जावा एक मोटरसाइकलमात्र नभई एक क्लास हो ! र यस् कम्पनी सँग आबद्ध हुन पाउदा एकदमै गौराब्वान्वित महसुस गरेको छु”

मोटरसाइकल प्रेमीहरूले अब जावा, जावा फोर्टी–टु र फ्याक्ट्रीमा निर्मित बबर पेराक मोडलहरू समावेश भएका विभिन्न मोडलका जावा मोटरसाइकलहरू बुक गर्न र थापाचोक, जनकपुर आसपासका क्षेत्रमा टेस्ट राईडको सुविधा प्राप्त गर्न सक्नेछन् । साथै जावाका सबै मोडलहरु बीएस–सिक्स मा उपलब्ध छन् ।

 

IME Life
kumari