citizens life insurance long ad
stcnepal long ad

शिवराज नगरपालिकालाई अशोक लेलैण्डको सुविधा सम्पन्न बारुणयन्त्र हस्तान्तरण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि द्धारा प्रवद्र्धित अशोक लेलैण्डले कपिलबस्तुस्थित शिवराज नगरपालिकालाई सुबिधा सम्पन बारुणयन्त्र (दमकल) हस्तान्तरण गरेको छ ।

उक्त सुविधा सम्पन्न बारुणयन्त्र (दमकल) नेशनलफायर सेफ र आइएमई मोटर्सको संयुक्त प्रयासमा नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीलाई सो बारुणयन्त्र (दमकल) आइएमई मोटर्स प्रा. लि का कर्पाेरेट सेल्स हेड सुशिल राणा थापाले हस्तान्तरण गर्नुभएको थियो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारीले ‘सुबिधा सम्पन्न बारुणयन्त्र (दमकल) आफ्नो नगरपालिकामा पहिलो पटक खरिद गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउँदै आगलागिका घटनामा नगरवासीको जीऊधनको रक्षा गर्न रक्षतिको रोकथामको लागि दमकल उपयोगी साबित हुने विश्वास लिएको बताउनु भयो ।’

अशोक लेलैण्ड को १२१२ इकमेट मोडलको च्यासिसमा बनाईएको दमकलमा ४, ००० लिटर पानी अट्ने क्षमता रहनुका साथै दमकलमा ५०० लिटर फोम भर्न सकिन्छ । जसले गर्दा आगलागी भएको ठाउँमा छिटै र सजिलै धनजनको क्षती हुनबाट रोक्न सकिन्छ ।

यस प्रकारको अत्याधुनिक बारुणयन्त्र (दमकल) अग्नि नियन्त्रण कार्यमा उपयोगीहुनुका साथै नेपालको भौगोलिक वातावरण मैत्री भएको हुनाले यसको कार्य क्षमता निकै राम्रो रहेको छ ।

केही महिना अगाडि अशोक लेलैण्डको दमकल नेपालका बिभिन्न नगरपालिका जस्तै पुर्वको उर्लाबारी, लेटाङ, इनरुवा नगरपालिकाहरु, इटहरी उप–महानगरपालिका, बर्दियाको बाँसगढी नगरपालिका, काठमाडौंको चन्द्रागिरी नगरपालिका, नेपाल आयल निगम लिमिटेड साथै हालै प्रदेश नं. २ कोआन्तरिक मामिला तथा कानून मन्त्रालयलाई हस्तान्तरण गरिएको थापाले बताउनु भयो ।

कार्य क्षमता, र अत्याधुनिक उपकरणका साथै मर्मत खर्च समेत कमहुने भएकोले यो दमकल नेपालमा बढी रूचाइएको बारुणयन्त्र (दमकल) मध्येमा पर्दछ ।

IME Life
kumari