citizens life insurance long ad
stcnepal long ad

पारस खड्का क्यूजे मोटर नेपालको ब्रान्ड एम्बेसडर नियुक्त 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का क्यूजे मोटर नेपालको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्। ह्याम्स् ग्रुपअन्तर्गतको अटोमोटिभ व्यवसायिक इकाइ हाइली एड्भान्स्ड मोटर्स प्रालिले टेकुस्थित क्यूजे मोटर नेपालको शोरुममा आयोजित विशेष समारोहबीच खड्कासँग सम्झौता गरेको हो।

सन् १९८५ मा जिली ग्रुपअन्तर्गत स्थापना भएको क्यूजे मोटर अन्तर्राष्ट्रिय बजारमा इन्जिनियरिङ, नवीन प्रविधि र गुणस्तरीय मोटरसाइकलका लागि परिचित छ। पारस खड्कासँगको सहकार्यलाई कम्पनीले नेपालमा आफ्नो व्यावसायिक यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

ब्रान्ड एम्बेसडर नियुक्त भएपछि खड्काले खेलकुददेखि दैनिक जीवनसम्म विश्वास र विश्वसनीयताको महत्व उत्तिकै रहने बताए। खड्काले भने, ‘मेरो लागि विश्वास र विश्वसनीयता खेलकुद होस् वा दैनिक जीवन, हरेक क्षेत्रमा उत्तिकै महत्त्वपूर्ण छ। मलाई लाग्छ, कुनै पनि ब्रान्डले मानिसहरूमा जगाउने भरोसा र प्रदान गर्ने अनुभवबाट नै आफ्नो पहिचान बनाउँछ। क्युजे मोटरसँग आबद्ध हुन पाउँदा म अत्यन्तै खुसी छु र नेपालमा यसको आगामी यात्राको हिस्सा बन्न उत्साहित छु।’

ह्याम्स् ग्रुपका अध्यक्ष आरएस भण्डारीले कम्पनीको व्यावसायिक यात्रा विश्वास, प्रतिबद्धता र दीर्घकालीन सम्बन्धमा आधारित रहेको बताए। ‘ह्याम्स् ग्रुपको यात्रा सदैव विश्वास, प्रतिबद्धता र दीर्घकालीन सम्बन्धबाट निर्देशित रहँदै आएको छ।

क्यूजे मोटरसँगको हाम्रो सहकार्यले नेपाली ग्राहकहरूमाझ गुणस्तर र विश्वसनीयता भित्र्याउने हाम्रो विश्वासलाई प्रतिबिम्बित गर्दछ। पारस खड्कालाई ब्रान्ड एम्बेसडरको रूपमा स्वागत गर्न पाउँदा हाम्रो यो प्रतिबद्धता अझ मजबुत भएको छ, किनकि उहाँले हाम्रो संस्थाले उच्च मूल्याङ्कन गर्ने समर्पण, इमानदारी र विश्वासको प्रतिनिधित्व गर्नुहुन्छ।’

त्यस्तै, ह्याम्सका कार्यकारी निर्देशक समिर भण्डारीले नेपालमा अन्तर्राष्ट्रिय मोटरसाइकल ब्रान्ड भित्र्याउनु मात्रै कम्पनीको लक्ष्य नभई ग्राहकले विश्वास गर्न सक्ने ब्रान्डको विरासत निर्माण गर्नु रहेको बताए। ‘हाम्रो दृष्टिकोण नेपालमा एक विश्वव्यापी मोटरसाइकल ब्रान्ड भित्र्याउनु मात्र होइन, बरु ग्राहकहरूले विश्वास गर्न र अपनत्व लिन सक्ने एक विरासत निर्माण गर्नु हो।

क्यूजे मोटरको विश्वव्यापी विरासत र ग्राहक सन्तुष्टिप्रतिको हाम्रो प्रतिबद्धताका साथ, हामी भरपर्दो उत्पादन, सशक्त बिक्रीपछिको सेवा (आफ्टर-सेल्स सपोर्ट) र उत्कृष्ट राइडिङ अनुभवमार्फत दीर्घकालीन सम्बन्ध स्थापित गर्ने लक्ष्य राख्दछौं।’

कम्पनीले पारस खड्कासँगको सहकार्यबाट नेपाली ग्राहकसँगको सम्बन्ध थप बलियो बनाउने, ब्रान्डप्रतिको विश्वास बढाउने र गुणस्तर, कार्यक्षमता तथा विश्वसनीयताप्रतिको प्रतिबद्धता थप सुदृढ गर्ने अपेक्षा गरेको छ।

IME Life
kumari