ट्रिपल स्क्रिन ड्यासबोर्ड सहित टाटा सफारी ईभी लन्चको तयारीमा, ७ सिटरसहित आउँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

टाटा मोटर्सले आफ्नो फ्ल्यागशिप एसयूभी सफारीको इलेक्ट्रिक भर्सन लन्च गर्ने तयारी गरिरहेको छ।  हालै यसको परीक्षणका क्रममा यसको डिजाइन र क्याबिनको केही झलक सार्वजनिक गरेको छ ।

सफारी ईभीमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र सेन्टरमा इन्फोटेनमेन्ट स्क्रिनका साथै अगाडिको यात्रुका लागि छुट्टै डिस्प्ले उपलब्ध हुनेछ। कारको क्याबिनमा भएको ट्रिपल–स्क्रिन ड्यासबोर्डले सबैको ध्यान खिचेको छ ।

टाटा सफारी ईभीलाई तीन पङ्क्तिको ६ वा ७ सिट क्षमतासहित लन्च गर्ने तयारी भइरहेको छ। कम्पनीले भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२७ मा यसको आधिकारिक रूपमा सार्वजनिक गर्न सक्ने अपेक्षा गरिएको छ।

तीन पङ्क्तिको सिट लेआउट र अत्याधुनिक प्रविधिका कारण यसको मुख्य प्रतिस्पर्धामध्ये महिन्द्रा एक्सईभी ९एस हुने अपेक्षा गरिएको छ।

रिपोर्टका अनुसार यसमा ६५ किलोवाट आवर र ७५ किलोवाट आवर क्षमताका ब्याट्री प्याक उपलब्ध हुन सक्ने अनुमान गरिएको छ । ६५ किलोवाट आवर ब्याट्री संस्करणले फुल चार्जमा करिब ५३८ किलोमिटरसम्मको रेन्ज दिन सक्ने अपेक्षा गरिएको छ।

त्यस्तै, ७५ किलोवाट आवर ब्याट्री प्याक रियर ह्विल ड्राइभ र ड्युअल मोटर अल ह्विल ड्राइभ सिस्टमसहित उपलब्ध हुन सक्ने अनुमान गरिएको छ।

यसको रियर ह्विल ड्राइभ संस्करणले करिब ६२७ किलोमिटर र ड्युअल मोटर संस्करणले करिब ६२२ किलोमिटर रेन्ज दिन सक्ने अनुमान छ।

सफारी ईभीमा १२० किलोवाट डीसी फास्ट चार्जिङ सपोर्ट उपलब्ध हुन सक्नेछ। यसबाट ब्याट्रीलाई करिब २५ मिनेटमा २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिने अपेक्षा गरिएको छ।

टाटा सफारी ईभीमा डिजिटल आईआरभीएम, ड्यासक्याम, ५४० डिग्री क्यामेरा सिस्टम, अटो पार्क असिस्ट, भेन्टिलेटेड सिट र प्रिमियम जेबीएल अडियो सिस्टमजस्ता फिचर उपलब्ध हुनेछ ।

साथै सेफ्टीका लागि लेभल २ एडास सिस्टम उपलब्ध हुने अपेक्षा गरिएको छ। साथै भेइल टु लोड र भेइकल टु भेइकल प्रविधि पनि उपलब्ध हुन सक्नेछ।

सफारी ईभी ह्यारियर ईभीभन्दा केही महँगो हुने अपेक्षा गरिएको छ। हाल ह्यारियर ईभीको मूल्य २१ लाख ७९ हजारदेखि ३० लाख ५४ हजार भारुसम्म रहेको छ । सफारी ईभीको अनुमानित मूल्य २२ लाखदेखि ३२ लाख भारुसम्म हुन सक्ने अनुमान छ।

IME Lifesidebar
kumari