राष्ट्रिय वाणिज्य बैंकको चाडपर्व अफरः ५.०२ प्रतिशत ब्याजदरमै १ करोडसम्मको अटो लोन
नेपालीहरूको महान् चाड दशैँ, तिहार तथा छठको अवसर पारेर राष्ट्रिय वाणिज्य बैंकले आकर्षक ‘फेस्टिभल अफर’ सार्वजनिक गरेको छ ।
आफ्नै गाडी खरिद गर्ने सपना बुनेका ग्राहकहरूलाई लक्षित गर्दै बैंकले ५.०२ प्रतिशतको सहुलियतपूर्ण वार्षिक ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने भएको हो ।
यस योजना अन्तर्गत इन्धनबाट चल्ने गाडीका लागि अधिकतम १ करोड रुपैयाँसम्म कर्जा पाइनेछ । ०.५० प्रतिशत मात्र प्रशोधन शुल्क रहने यस कर्जाको भुक्तानी अवधि अधिकतम ७ वर्ष तोकिएको छ ।
न्युन ब्याजदर र कम सेवा शुल्कका कारण मध्यमवर्गीय परिवारका लागि यो योजना निकै लाभदायक हुने बैंकको विश्वास छ । इच्छुक ग्राहकले देशभरका जुनसुकै शाखाबाट आवेदन दिन सक्ने बैंकको भनाई छ ।






















