stcnepal long ad
ime life insurance
national life
global ime bank long

१ लाख महँगो भयो एमजी एस ५, नयाँ मूल्य कति ?

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एमजीको लोकप्रिय मोडल एस५ १ लाख रुपैयाँ महँगो भएको छ । बजेटमा लागु गरिएको नयाँ कर नीतिले एस५ को मूल्य बढाएको हो ।

तीनवटा भेरिएन्टमा उपलब्ध एस५ को डिलक्स र लक्जरी भेरिएन्टमा मूल्य बृद्धि गरिएको छ भने कम्फर्टमा पुरानै मूल्यलाई यथावत राखिएको छ ।

समायोजनपछि यसअघि ४९ लाख ९९ हजारमा बिक्री हुँदै आएको एस५ डिलक्सको मूल्य ५० लाख ९९ हजार रुपैयाँ पुगेको छ भने ५४ लाख ९९ हजारमा कारोबार हुँदै आएको लक्जरी भेरिएन्टको ५५ लाख ९९ हजार निर्धारण गरिएको छ ।

कम्फर्ट भेरिएन्टको भने ४३ लाख ९९ हजार रुपैयाँ नै पर्ने एजमीको नेपालका लागि आधिकारिक वितरक पारमाउन्ट मोटर्सले जनाएको छ ।

यसमा विश्वकै सबैभन्दा पातलो अल्ट्रा थिन ब्याट्री प्रयोग गरिएको छ । इन्ट्री लेभल मोडलमा ४९ किलोवाट आवरको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री प्रयोग गरिएको छ, जसले सिंगल चार्जमा ३४० किलोमिटर डब्लुएलटीपी रेन्ज दिन्छ । त्यसैगरी अर्को भेरिएन्टमा ६२.२ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा ४३० किलोमिटरको रेन्ज दिन्छ ।

एमजी एस५ ईभीले ७.१ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ भने यसको टप स्पिड १७५ किलोमिटर प्रतिघण्टा छ ।

यो गाडीमा इनबिल्ट आईस्मार्ट सिस्टम छ, जसले टिकटक, च्याटजीपीटी, स्पोटीफाई र युट्युब लगायतका प्रसिद्ध एपलाई एकीकृत गरी ड्राइभिङ अनुभवलाई अझै राम्रो बनाउछ ।

एसयूभीमा १२.८ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र माथिल्लो भेरिएन्टमा प्यानोरामिक सनरुफ लगायतका विशेषता छन् ।

IME Lifesidebar
kumari