citizens life insurance long ad

इटालीको प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली अब नेपाली बजारमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसेसले इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेलीसँग आधिकारिक साझेदारी गरेको घोषणा गरेको छ।

यो समूहले इटालीको प्रतिष्ठित मोटरसाइकल ब्रान्ड मोर्बिडेलीलाई नेपालमा भित्र्याएको हो। मोर्बिडेली आफ्नो प्रिमियम डिजाइन, शक्तिशाली इन्जिन र रेसिङ हेरिटेजका लागि विश्वभर परिचित ब्रान्ड हो, जसले नेपाली युवा तथा बाइक उत्साहीहरूलाई लक्षित गर्दै उच्चस्तरीय राइडिङ अनुभव प्रदान गर्ने विश्वास गरिएको छ।

मोर्बिडेली ब्रान्डमार्फत वैद्य अर्गनाइजेसनले प्रिमियम मोटरसाइकल सेग्मेन्टमा नयाँ मापदण्ड स्थापना गर्ने लक्ष्य लिएको छ। निकट भविष्यमा विभिन्न मोडेल सार्वजनिक गर्दै देशव्यापी सञ्जाल विस्तार गर्ने योजना समेत समूहले अघि सारेको छ।

मोर्बिडेली विश्वव्यापी रूपमा किवे ग्रुप अन्तर्गत सञ्चालन हुने ब्रान्ड हो। जसले बेनेली, मोर्बिडेली र बेन्डा जस्ता अन्तर्राष्ट्रिय मोटरसाइकल ब्रान्डहरूलाई बिक्री वितरण गर्दै आएको छ।

करिब पाँच दशक लामो व्यावसायिक अनुभव बोकेको वैद्य अर्गनाइजेसनले नेपालमा अटोमोबाइल क्षेत्रमा विश्वासिलो ब्रान्ड निर्माण गर्दै आएको छ।

चारपाङ्ग्रे सवारीतर्फ टोयोटाको बिक्री गर्दै आएको यस समूहले पछिल्लो समय दुईपांग्रे क्षेत्रमा पनि आक्रामक विस्तार गरिरहेको छ।

यसअघि समूहले प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड एथरलाई नेपाली बजारमा भित्र्याएर उल्लेखनीय सफलता हासिल गरिसकेको छ।

IME Lifesidebar
kumari