stcnepal long ad
global ime bank long

एनआइएमबी बैंकले ६.२९ प्रतिशत ब्याजदरमै गाडी कर्जा दिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ग्राहकहरूका लागि विशेष सुविधा सहितको गाडी कर्जा योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ग्राहकहरूले आकर्षक ब्याजदरमा सजिलै गाडी खरिद गर्न सक्नेछन्।

बैंकले हालको लागि गाडी कर्जाको ब्याजदर ६.२९ प्रतिशत कायम गरेको छ, जुन भदौ महिनाको आधारदर ५.७९ प्रतिशतमा ०.५ प्रतिशत थपेर निर्धारण गरिएको हो।

दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ल्याइएको यस योजनाले चाडपर्वको अवसरमा नयाँ गाडीको सपना पुरा गर्न चाहने ग्राहकहरूलाई थप सहजता दिने बैंकको अपेक्षा छ।

सीमित समयका लागि लागू हुने यो विशेष सुविधा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका देशभरका शाखा मार्फत उपलब्ध हुनेछ।

बैंकले २७५ शाखा, ६५ एक्सटेन्सन काउन्टर, २६४ एटीएम र ६० शाखारहित बैंकिङ्ग मार्फत अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ।

IME Lifesidebar
kumari