stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

एथर इलेक्ट्रिक स्कुटरको रेन्ज बढ्यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

एथर इनर्जीले भारतमा लोकप्रिय इलेक्ट्रिक स्कुटर ४५० सिरिजको अपडेट रेन्ज लन्च गरेको छ । यस अनुसार एथर ४५०, ४५० एक्स २।९ किलोवाट, ४५० एक्स ३.७ किलोवाट र ४५० एपेक्समा विभिन्न फिचर अपडेट गरिएको छ ।

स्कुटरलाई दुई नयाँ कलर अप्सनमा उपलब्ध गराइनुका साथै नयाँ फिचरका साथ उपलब्ध गराइएको छ । यस मध्ये एथर ४५० एक्स र ४५० एपेक्समा स्कुटरलाई चिप्लनबाट रोक्नका लागि मल्टी–मोड ट्र्याक्सन कन्ट्रोल फिचर उपलब्ध गराइएको छ ।

चिसो सडकका लागि ‘रेन मोड’, सामान्य सडकका लागि ‘रोड मोड’ र अफरोडका लागि ‘(याली मोड’ उपलब्ध छ ।

स्कुटरको फ्रन्ट र रियर टायरको संयोजनमा बेटर कन्ट्रोल र स्टेबिलिटी प्रदान हुन्छ । रेन मोडले चिसो र चिप्लो सडकमा म्याक्सिमम ग्रिप प्रदान गर्छ ।

रोड मोडले सेफ्टी र पर्फमेन्सका बिच ब्यालेन्स मिलाउछ भने अफरोड एड्भेन्चरका लागि ¥याली मोड डिजाइन गरिएको छ ।

यो वाहेक एथरका स्कुटरमा म्याजिक ट्विस्ट र नयाँ एथरस्ट्याक ६ ओएस समेत उपलब्ध छ । स्पिड घटाउदा वा बढाउदा सहज बनाउने कार्य म्याजिक ट्विस्टले गर्छ भने एथरस्ट्याक ६ ओएस मार्फत गुगल म्यापमा आधारित नेभिगेसन सिस्टम लगायतका विभिन्न फिचर ड्यासबोर्डमै उपलब्ध हुन्छ । यसले गर्दा स्मार्टफोन प्रयोग गर्नुपर्ने बाध्यता हुँदैन ।

पुरानो मोडल एथर ४५० एक्स स्कुटरको २.९ किलोवाट भेरिएन्टको रेन्ज ८५ किलोमिटर र ३.७ किलोवाट भेरियन्टको रेन्ज १०५ किलोमिटर रहेको थियो ।

२०२५ भेरिएन्ट ४५० एक्स स्कुटरको रेन्ज अब २।९ किलोवाट भेरिएन्टको १०५ किलोमिटर र ३.७ किलोवाट भेरिएन्टको रेन्ज १३० किलोमिटर पाउन सकिन्छ । यस स्कुटरको टप स्पिड भने ९० किलोमिटर प्रतिघण्टा रहेको छ ।

भारतीय बजारमा नयाँ एथर ४५० एक्स २.९ किलोवाट भेरिएन्टको मूल्य १ लाख ४७ हजार भारु र ३.७ किलोवाट भेरिएन्टको १ लाख ५७ हजार भारु तोकिएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari