stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अग्नि ग्रुपले नेपालमा सार्वजनिक गर्‍यो नयाँ प्रविधिको ट्र्याक्टर

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। महिन्द्रा समूह अन्तर्गतको फार्म इक्विपमेन्ट सेक्टर (एफईएस) ले नेपालमा “Yuvo Tech+” ट्रयाक्टर शृङ्खला सार्वजनिक गरेको छ ।

महिन्द्राको नेपाल स्थित डिलर अग्नि ग्रुपले आफ्ना ग्राहकवर्गहरुलाई छिटो छरितो तथा नयाँ प्रविधिको ट्र्याक्टर उपलब्ध गराउनको निमित्त यहि श्रावण २८ गते सोमबारका दिन नयाँ ट्र्याक्टर मोडल YUVO TECH + 575 DI  लाइ विराटनगर, दमक, जनकपुर, वीरगन्ज, चितवन र नेपालगन्जका ६ अग्नि शाखा र डिलर लोकेशनमा एकै साथ उद्घघाटन गरेको छ ।

यो श्रृंखला 12F (फर्वार्ड)+ 3R  (रिभर्स) ट्रान्समिशन टेक्नोलोजीको साथ आउँछ, जसमा 3-speed range option -H–M–L विभिन्न माटोको प्रकार र कृषि अनुप्रयोगहरूमा आधारित गियर गति चयन गर्न मद्दत गर्दछ । उच्च परिशुद्धता नियन्त्रण भल्भहरू र उत्कृष्ट–इन–क्लास लिफ्ट क्षमताको साथ, यस ट्रयाक्टरले सजिलैसाथ भारी उपकरणहरू ह्यान्डल गर्न सक्छन्। शक्तिशाली र ईन्धन–कुशल इन्जिनले भरिएको, यस ट्रयाक्टरले उच्च स्तरको टर्क र उत्कृष्ट इन्धन दक्षता प्रदान गर्दछ ।

थ्गखय त्भअजं सिरिजको उद्घघाटन समारोहमा बोल्दै केदार आप्टे, अन्तर्राष्ट्रिय अपरेसन प्रमुख, कृषि उपकरण क्षेत्र, महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडका अनुसार, “खेती र जीवनलाई समृद्ध बनाउने हाम्रो उद्देश्य अनुरूप नेपालको कृषि आवश्यकताहरूलाई रूपान्तरण गर्न प्रतिबद्ध जनाएको छ ।

अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले “परिवर्तित समयसँगै, नेपालको किसानहरू विकसित हुँदैछन् र कृषि उत्पादकत्व र त्यसैले आम्दानी बढाउनको लागि सबैभन्दा अगाडि टेक्नोलोजीको साथ उच्च स्तरको सशक्तिकरण खोजिरहेको अवस्थामा हामी उन्नत प्रविधि र विस्तारित सुविधाका साथ सबै नयाँ Yuvo Tech+ मोडेलहरू प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी छौं साथै यसको अधिक्तम लाभ लिई नेपाली कृषकहरुले आफ्नो आर्थिक उन्नत्तिमा सहयोग पुराउनेमा आफुहरु विश्वस्थ रहेको बताएका छन् ।

महिन्द्रा, ३ दशक भन्दा बढी समय देखि नेपालमा किसानहरु माझ एक विश्वसनीय ब्रान्डको रुपमा स्थापित छ ।

prabhu mahalaxmi
kumari