एमएडब्लू वृद्धि अटोकर्पले ‘इन्टिलिजेन्ट’ र ‘लक्जरियस’ इलेक्ट्रिक एसयूभी ‘दिपल एस०७’ बजारमा
काठमाडौँ । नेपालका लागि चिनियाँ गाडी निर्माता चांगानको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले ‘इन्टिलिजेन्ट’ र ‘लक्जरियस’ इलेक्ट्रिक एसयूभी ‘दिपल एस०७’ बजारमा ल्याएको छ ।
यसको ट्यागलाइन ’टच द फ्युचर’ले जस्तै दिपल एस ०७ मा नेपाली अटोमोबाइलमा पहिलो पटक प्रयोग भएका दर्जनौं फिचरहरू छन् जसले ‘इलेक्ट्रिक मोबिलिटी’मा केसम्म सम्भव छ भन्ने देखाउनेछ ।
दिपल एक सय १६० वर्षभन्दा लामो विरासत बोकेको चिनियाँ अटो ग्रुप चांगानको सब ब्रान्ड हो जसले चांगानका लागि ’न्यू इनर्जी भेहिकल’को विकास र उत्पादन गर्छ।
नेपाली अटो क्षेत्रले लामो समयदेखि प्रतिक्षा गरेको यो ‘इन्टेलिजेन्ट इलेक्ट्रिक’ एसयुभीलाई आइतबार नेपालका लागि चिनियाँ राजदूत सेन सङ, चांगान अटोका डिपुटी जनरल म्यानेजर गुआन सिन, एमएडब्लु ग्रुपका कार्यकारी निर्देशक विष्णु अग्रवाल र एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्। ।
दिपल एस०७ को सार्वजनिकीकरण नेपालमै पहिलो पटक कारमाथि ‘थ्रि डी म्यापिंग प्राजेक्सन’ गरी गरिएको हो। १५ भन्दा बढी ’फर्स्ट टाइम इन नेपाल’ फिचर दिपल एस ०७ मा इभी डेडिकेटेड ’इपीए१ प्ल्याटफर्म’ र ’रियर ह्विल ड्राइभ सिस्टम’ रहेको छ जसको माथि ६६.८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ र यसले सिंगल चार्जमा ४१० किलोमिटरको रेन्ज (डब्लुएलटीपी) दिन्छ ।
अटोमोबाइकल डिजाइनको ‘हेरिटेज’ मानिने इटालीको टुरिनमा डिजाइन भएको दिपल एस०७ मा नेपालमै पहिलो पटक प्रयोग भएका दर्जनौं फिचरहरू छन्।
संगीत, फोन कल र फोटो खिच्ने लगायतका फंक्सनका लागि एस०७को ‘जेस्चर कन्ट्रोल’को माध्यमबाट हातको संकेतबाट कमान्ड लिनसक्छ।
साथै यसमा ‘अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले’ ९एआर एचयुडी० रहेको छ जसले ‘रियल टाइम नेभिगेसन’ लगायत अन्य महत्वपूर्ण सूचना दिन्छ जसले ड्राइभिंगलाई सहज मात्र बनाउँदैन सुरक्षित पनि बनाउँछ।
साथै, क्याबिनको बीचमा १५.६ इन्चको ’सनफ्लावर टचस्क्रिन’ रहेको छ जुन टचस्क्रिनलाई ’इन्ट¥याक्ट’ गर्ने यात्रुतिर आफैं फर्कन्छ।
दिपल ०७ मा ’वेलकमिंग सिट’ पनि रहेको छ जसले ड्राइभरलाई गाडीभित्र छिर्न सहज बनाउनुका साथै उसको उचाइ अनुसार सिटको पोजिसनलाई आफैं मिलाइदिन्छ।
दिपलमा पछाडि मात्र होइन अगाडि बोनेटमा पनि सामान राख्नका लागि १२५ लिटरको ‘फ्रंक’ स्पेस रहेको छ। यसमा रहेको २० इन्चको टायरले इभीलाई आकर्षक मात्र बनाउँदैन यसको पर्फमेन्समा पनि सुधार ल्याउँछ।
साथै, नेपालमै पहिलो पटक, कुनै पनि इभीमा चार ’ड्राइभिंग मोड’ ९इको, कम्फर्ट, स्पोर्ट र कस्टमाइज० रहेको छ जसले ड्राइभरलाई चाहेको जस्तो ड्राइभिंग अनुभव दिलाउँछ ।
दिपल एस०७ मा प्रयोग भएको ’फ्रेमलेस डोर’ र ’फ्लस ह्यान्डल’ले यो ई एसयुभीको आकर्षण र ’एरोडाइनामिक्स इफिसेन्स’ लाई बलियो बनाएको छ।
साथै यसमा ’हेडरेस्ट स्पिकर’ र ’आउटडोर स्पिकर’सहित १४ वटा हाई क्वालिटी सोनी स्पिकर रहेको कम्पनीको भनाइ छ।
यसमा कारभित्रको वातावरणलाई ’कस्टमाइज’ गर्न ’न्याप, क्याम्प, बेबी केयर, म्युजिक लाइट सो’ जस्ता ’इन्टेलिजेन्ट सिनेरियो मोड’हरू छन्।
साथै, पछाडिको सिटबाट अगाडिको सिट ‘एड्जस्ट’ गर्न मिल्ने र ‘सनसेद’लाई खोल्न र बन्द गर्न सकिने टचस्क्रिन रहेको छ।
सुरक्षाका लागि दिपल एस०७ मा ’इन्टरेक्टिभ एडाप्टिभ क्रुज कन्ट्रोल’सहितको ’इन्टेलिजेन्ट एडास २।५’, ६ वटा एअर ब्याग, ’अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ’ड्राइभर फ्याटिग मनिटरिङ सिस्टम’, ’सेफ डिस्टेन्स वार्निङ’, ’ट्रान्सपेरेन्ट च्यासिस’सहितको ३६० क्यामेरा, ’ड्राइभ भिडियो रेकर्डर’, ’डिस्ट्रयाक्स वार्निङ’ लगायत धेरै व्यवस्था रहेको छ।
नेपालमा दिपल एस०७ को सुरुवाती मूल्य ७१ लाख ९९ हजार रूपैयाँ तोकिएको छ। यो ६ आकर्षक कलरमा उपलब्ध हुने कम्पनीले बताएको छ।’ र ‘लक्जरियस’ इलेक्ट्रिक एसयूभी ‘दिपल एस०७’ बजारमा