macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

करण चौधरीलाई नाडाको अध्यक्ष बनाउने सहमति

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संस्था ‘अटोमोबाइल्स एसोसिएसन अफ नेपाल’ (नाडा) को भावी अध्यक्ष करण चौधरीलाई बनाउने सहमति भएको छ ।

हिजो पुस ३ गते मंगलबार बसेको तीन जना उम्मेदवारहरूबीचको बैठकले चौधरीलाई नै अध्यक्ष बनाउने सहमति भएको छ ।

नाडाका अध्यक्ष ध्रुब थापाका अनुसार नाडाको अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका आकाश गोल्छा र प्रकाश कपुरीको समर्थनमा चौधरी आगामी कार्यकालका लागि अध्यक्ष बनाउने सहमति भएको छ ।

उनले यो सहमति ऐतिहासिक भएको पनि बताएका छन । करण चौधरी उद्यमी तथा व्यवसायी अरूण कुमार चौधरीका छोरा हुन।

यही २०८० पुस २० र २१ गते हुने नाडाको ४७ औं साधारण सभाबाट चौधरी अध्यक्षमा निर्विरोध निर्वाचित हुनेछन् ।

अध्यक्षका आकांक्षीहरूले निर्वाचनको पनि तयारी गरेपछि अध्यक्ष थापाले सहमतिका लागि हिजो बैठक बोलाएका थिए । उनले बोलाएको बैठकले सफलता पनि पाएको छ ।

himalayan life insurance
igi long
NTA long ad