stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मर्सिडिजको मुनाफा सात प्रतिशतले घटेर तीन अर्ब ७० करोड युरोमा झर्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

फ्र्याङ्कफर्ट, जर्मनी । जर्मन कार निर्माता मर्सिडिज–बेन्जले केही पार्ट्सको कमीले कारको डेलिभरीमा भएको गिरावटका कारण तेस्रो त्रैमासिकमा कम्पनीको मुनाफामा कमी आएको बिहीबार बताएको छ ।

जुलाईदेखि सेप्टेम्बरसम्मको आवधिमा खुद मुनाफा सात प्रतिशतले घटेर तीन अर्ब ७० करोड युरो भएको कम्पनीले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

यो वित्तीय डाटा फर्म फ्याक्टसेटले गरेको सर्वेक्षणमा विश्लेषकहरूले गरेको भविष्यवाणीभन्दा केही राम्रो थियो । विश्लेषकहरूले समीक्षा अवधिमा कम्पनीको मुनाफा तीन अर्ब ४० करोड युरो हुने अनुमान गरेका थिए ।

उक्त अवधिमा कम्पनीको आम्दानी एक दशमलव चार प्रतिशतले घटेर ३७ अर्ब २० करोड युरो भएको छ । केही पार्ट्सको कमीका कारण तेस्रो त्रैमासिकमा यात्रुवाहक कारहरूको विक्री करिब पाँच प्रतिशतले कम भएकाले आम्दानीमा पनि गिरावट भएको बताइएको छ ।

कोरोना भाइरस महामारीको समयमा सुरु भएको आपूर्ति शृङ्खलाको समस्या अधिकांश कार निर्माताका लागि धेरै हदसम्म कम भएको छ । यद्यपि उनीहरूले कहिलेकाहीँ यस्तो समस्याहरूको सामना गर्नुपर्दा उत्पादनलाई सुस्त बनाएको छ ।

तेस्रो त्रैमासिकमा मर्सिडिजको बिक्री ११ प्रतिशतले घटेको छ । यो अवधिमा भने विद्युतीय सवारीको बिक्री भने ६६ प्रतिशतले बढेको थियो ।

prabhu mahalaxmi
kumari