‘मिस यूनिभर्स नेपाल २०२३’ मा २२ प्रतिस्पर्धि
काठमाडौं । आगामी भदौ २३ गते ललितपुरमा आयोजना हुन लागेको ‘मिस यूनिभर्स नेपाल–२०२३’ को ग्राण्ड फिनालेमा २२ जना यूवतीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक नग्मा श्रेष्ठले उक्त जानकारी दिएकी हुन् । पत्रकार सम्मेलनका क्रममा अन्तिम २२ जना प्रतिष्पर्धीहरुले रातो कार्पेटमा क्याटवाक गरेका थिए । उनीहरुले आफ्नो परिचय मिडिया र उपस्थित पाहुनाहरुलाई दिँदै रातो कार्पेटमा क्वाटवाक गरेका हुन् ।
निर्देशक श्रेष्ठले मिस यूनिभर्स नेपाल २०२३ को ग्रयान्ड फिनाले ललितपुरको गोदावरी कन्भेन्सन सेन्टरमा हुने जानकारी दिईन् । उनले यस वर्षको मिस युनिभर्स नेपाले नवीनतालाई अँगाल्ने विश्वास व्यक्त गरिन् ।
उक्त अवसरमा एशियन पेन्ट्स नेपालका कन्ट्री डाइरेक्टर श्री जी गोपालकृष्णले प्रायोजकको रूपमा साझेदारी गर्न पाउँदा खुसी व्यक्त गर्दै यस उल्लेखनीय यात्राको एक हिस्सा भएकोमा उत्साहित भएको बताए ।
उनले भने– ‘एशियन पेन्ट्स नेपाल र मिस युनिभर्स नेपाल २०२३ बीचको तालमेल अझ जीवन्त र सुन्दर संसार बनाउने हाम्रो साझा दृष्टिकोणको प्रमाण हो ।’ ग्रयाण्ड फिनाले कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ ।























