stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पठाओ ट्याक्सी सेवाको चार वर्ष पूरा, आजदेखि पार्सल सुविधा सुरू

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लोकप्रिय राइड सेयरिङ सेवा प्रदायक ‘पठाओ’ ले बुधबारदेखि ‘पठाओ पार्सल’ सेवा सुरू गरेको छ । काठमाडौँ उपत्यकाभित्र कतै सामानहरु पु¥याउन परेमा वा ल्याउन परेमा पार्सल गर्न सकिने पठाओ नेपालका प्रवक्ता शशांक शमशेर थापाले बताए ।

‘बिर्सिनु त स्वाभाविक हो १ पठाओ पार्सल छँदै छ नि १’ भन्ने नाराका साथ पठाओले सामान ढुवानी गर्न आफ्नो पार्सल सेवा विस्तार गरेको हो । पठाओको मोबाइल एप मार्फत यो सेवा लिन सकिन्छ’ थापाले भने ।

पार्सल सेवाका लागि पठाओ राइडरहरू परिचालन गरिने कम्पनीले बताएको छ । पार्सल सेवा पनि राइड सेयरिङ्ग सेवा जस्तै छिटोछरितो र सुरक्षित भएको थापाको भनाइ छ ।

पार्सल सेवामा पठाउने वा पाउने व्यक्तिले सेवाका लागि रकम तिर्न सक्नेछन् । सामानहरू पार्सल गर्दा केही हानी÷नोक्सानी भएमा २ हजार रुपैयाँसम्म क्षतिपूर्ति समेत हुने थापाले बताए ।

यस अगाडि बाइक, कार लाइट (ट्याक्सी), पठाओ बजार र पठाओ फुडको सेवा दिंदै आएको पठाओले आफ्ना सेवाग्राहीलाई थप सुबिधा दिन पार्सल सेवा सुरू गरेको थापाले बताए ।

चौबीसै घण्टा सेवा रहेको पार्सल सेवामा अधिकतम २ किलोसम्मको सामान पठाउन सकिन्छ । केही समयदेखि परिक्षणमा रहेको यो सेवा आज (अगस्ट ९) देखि पूर्ण रुपमा सुचारु भएको हो ।
यसैबीच पठाओ कार लाइट ९ट्याक्सी० सेवा सञ्चालनको आज चार वर्ष पूरा भएको छ ।

सन् २०१८ सेप्टेम्बदेखि बाइकमा राइड सेयरिङ सेवा सुरू गरेको पठाओले सन् २०१९ अगस्ट ९ देखि नेपालमा कार लाइट सुरू गरेको थियो ।

बार्गेनिङको झन्झट नहुने, चोक सम्म खोज्न जान नपरी गेटदेखि गेटसम्म सेवा हुने, डिजिटल भुक्तानी गर्न मिल्ने, यात्राको समयमा लाइभ ट्र्याकिङ्को व्यवस्था, १० लाख रुपैयाँसम्मको इन्स्योरेन्स जस्ता सुविधाले कार लाइटको लोकप्रियता बढ्दो दरमा रहेको थापाले बताए । हाल काठमाडौं उपत्यकामा ८ हजार बढी ट्याक्सी पठाओमा आवद्ध रहेको कम्पनीको भनाइ छ ।

prabhu mahalaxmi
kumari