citizens life insurance long ad
stcnepal long ad

सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित अफरिङ मूल्यमा प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा आईपिओ निष्काशन गर्न सुरु गरेको छ ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन  लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित अफरिङ मूल्यमा प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा आईपिओ निष्काशन गर्न सुरु गरेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमा आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ११ लाख २५ हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाली बैंकमा खाता खोलेको अवस्थामा आईपिओ भर्न पाउनेछन् । यसको लागि नेपाली श्रमिक वैधानिक बाटोमार्फत अर्थात श्रम स्वीकृति लिएर विदेश गएको हुनुपर्नेछ ।

सिटिजन  लाइफले  एक करोड  १२ लाख ५० हजार कित्ताको कूल आइपिओ निष्काशन सुरु गरेको छ । सो मध्ये ११ लाख २५ हजार कित्ता शेयर बैदेशिक रोजगारीमा रहेकाहरुलाई वितरण गरिनेछ ।

IME Life
kumari